रास्वपा महाधिवेशनः केन्द्रीय सदस्य पदका लागि भएको मतदान सकियो - Chaitanya News
  • 2026-08-11
  • 11:48:11
  • मंगलबार,साउन २६, २०८३
  • रास्वपा महाधिवेशनः केन्द्रीय सदस्य पदका लागि भएको मतदान सकियो

    रास्वपा महाधिवेशनः केन्द्रीय सदस्य पदका लागि भएको मतदान सकियो

    काठमाडौं– रास्वपा केन्द्रीय सदस्य पदका लागि भएको मतदान सकिएको छ। आज बिहानबाट भएको मतदान केहीबेरअघि सम्पन्न भएको हो।

    रास्वपाले पहिलो चरणमा केन्द्रीय सदस्यहरूको मतदान गरेको थियो। नेता गणेश पराजुलीका अनुसार, निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको आकलन गरिएको छ।

    गत ७ असारदेखि रास्वपाको महाधिवेशन जारी छ। चितवनको भरतपुरमा भएको महाधिवेशन अन्तर्गत सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्।

    विधान अनुसार, रास्वपामा १५८ जना केन्द्रीय सदस्य रहनेछन्। जसमध्ये ९९ जना निर्वाचित हुनेछन् भने ५१ जनालाई सभापति रवि लामिछानेले मनोनीत गर्नेछन्।

    त्यस्तै, ७ प्रदेशका सभापतिहरू स्वतस् केन्द्रीय सदस्य हुनेछन्। केहीबेरपछि पदाधिकारीको निर्वाचन प्रक्रिया अघि बढ्नेछ।

    मतदान सकिएको करिब २ घण्टामा नतिजा आइसक्ने बताइएको छ।