चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1066 of 1112
  • 2026-10-12
  • 11:29:45
  • सोमबार,आश्विन २६, २०८३

About Author

डेंगु संक्रमितको संख्या ११ हजार ६५ नाघ्यो, कुन प्रदेशमा कति?

काठमाडौं– डेंगु संक्रमितको संख्या ११ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म डेंगुबाट ११ हजार ६५ जनामा संक्रमण देखिएको पुष्टि गरेको हो। मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म ११ हजार ६५ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार सातवटै प्रदेशअन्तर्गतका ७५ जिल्लामा डेंगु फैलिएको छ। जसअनुसार प्रदेश १ मा ३४७, मधेश प्रदेशमा १९८, बागमतीमा ८३९०, गण्डकीमा २२४,लुम्बिनीमा १४२१,कर्णालीमा १६२ र सुदूरपश्चिममा ३२३ जनामा डेंगु संक्रमित भेटिएका छन्। मन्त्रालयले ललितपुर र भक्तपुरमा डेंगुको संक्रमण बढि देखिएको जनाएको छ। नेपालमा पहिलो पटक २०६१ सालमा डेंगुका बिरामी देखिएका थिए। काठमाडौं उपत्यकासहित सबै जिल्‍लामा डेंगु संक्रमण बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले रोकथाम तथा नियन्त्रणका लागि प्रदेश र स्थानीय तहसँग समन्वय र रोकथाम गर्न विभिन्न माध्यमबाट जनचेतनामूलक सन्देश प्रवाह गरिरहेको बताएको छ। डेंगु प्रभावित जिल्ला तथा स्थानीय तहहरुमा डेंगुको अनुसन्धान गर्न र लार्भा नष्ट तथा सचेतनामूलक गतिविधि सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

News by डेंगु संक्रमितको संख्या ११ हजार ६५ नाघ्यो, कुन प्रदेशमा कति? :