प्रतिनिधि सभा बैठक विशेष कारणबस १ बजलाई सारियो - Chaitanya News
  • 2026-06-02
  • 16:29:30
  • मंगलबार,जेठ १९, २०८३
  • प्रतिनिधि सभा बैठक विशेष कारणबस १ बजलाई सारियो

    प्रतिनिधि सभा बैठक विशेष कारणबस १ बजलाई सारियो

    काठमाडौं– प्रतिनिधि सभाको बैठक १ बजेलाई सारिएको छ।

    संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको बैठक विशेष कारणबस सारिएको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए।

    आजको बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको बताएको छ।

    त्यस्तै कारागार विधेयक, २०७८ माथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।