जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले राजनितिक दल र गलत राजनितिक संस्कारका कारण नेपालमा उद्योग व्यवसाय फस्टाउन नसकेको बताएका छन्। जनकपुरधाममा ईएलएमएसको आयोजनामा भएकोे श्रम बजार सुचना कार्यशाला गोष्ठिमा बोल्र्दै मुख्यमन्त्री राउतले नेपालमा उद्योग धन्दा फस्टाउन नसक्नुमा राजनितिक दल र त्यसका कार्यरत मजदुर तथा टे«ड युनियन संगठनहरुको हस्तक्षेपकारी भुमिका पनि मुख्य कारण रहेको बताएका छन्।
मुख्यमन्त्री राउतले नेपाल सरकारको अस्पष्ट र झन्झटिलो नीतिका कारण उद्योगी व्यवसायीहरु लगानी गर्न हिचकिचाई रहेको बताए । उद्योग स्थापना र दर्ता प्रक्रिया समेत असहज हुनु काम अनुसारको योग्य म्यानपावरको अभाव हुनु नेपालको उद्योग क्षेत्रका लागि मुख्य चुनौती रहेको उनको भनाई थियो।
मुख्यमन्त्री राउतले सिटिईभिटीले अव नर्स, अहेव, ओभरसियर भन्दा पनि कृषि, उद्योग सहितका नेपालका लागि अति आवश्यक क्षेत्रका लागि चाहिने उचित म्यानपावरका कोर्षहरु पढाउनु पर्ने बताए। कार्यक्रममा मधेश सरकारका उद्योग मन्त्री सत्रुधन महतोले मधेशको विकासका लागि निर्माण, कृषि, पर्यटन, उद्योग सहितका क्षेत्रका लागि चाहिने दक्षजनशक्ति आपूर्तिका लागि विभिन्न निकाय मिलेर एक बजार केन्द्र खोल्नु पर्ने बताए।
नेपाल घरेलु तथा साना उद्योग महासंघका केनिद्रय अध्यक्ष उमेशप्रसाद सिंहले नेपालमा जबसम्म दक्षजनशक्ति बढाउन जोड दिदैन तबसम्म बेरोजगारी मात्रै नभइ उद्योग व्यवसायको विकास हुन नसक्ने बताए।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, होटेल संघ नेपाल, तथा नेपाल निर्माण व्यवसायी महासंघको संयुक्त साझेदारीमा ईएलएमएस सञ्चालनमा रहेको छ। उक्त परियोजना युरोपियन युनियनको आर्थिक सहयोग तथा ब्रिटिस काउन्सिल दक्षताको व्यवस्थापकिय सहयोगमा कार्यान्वयन भइरहेको छ।
परियोजनाले राष्ट्रिय पेशागत वर्गीकरण मापदण्डको विकास गर्ने, श्रम बजारमा सीपयुक्त जनशक्तिको माग पहिचानका लागि श्रम बजार सर्वेक्षण गर्ने, श्रम बजार सूचना प्रणालीको विकास गर्ने र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम सम्बन्धि नीति तथा कार्यक्रम तर्जुम ागर्ने कार्यमा रोजगारदाताको आवश्यकता अनुसार सीपयुक्त जनशक्तिको विकास गर्न सूचना तथा जानकारी उपलब्ध गराइदिनेछ।