डेंगु रोकथाममा प्रतिकार्य योजना बनाएर काम गरिरहेको छौं  :  स्वास्थ्य मन्त्री केसी - Chaitanya News
  • 2026-04-18
  • 12:56:05
  • शनिबार,बैशाख ०५, २०८३
  • डेंगु रोकथाममा प्रतिकार्य योजना बनाएर काम गरिरहेको छौं  :  स्वास्थ्य मन्त्री केसी

    डेंगु रोकथाममा प्रतिकार्य योजना बनाएर काम गरिरहेको छौं  :  स्वास्थ्य मन्त्री केसी

    काठमाडौं– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले डेंगु जोखिम बढ्दो क्रममा रहेको भन्दै आम नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेका छन्। स्वास्थ्य राज्यमन्त्री केसीले बुधबार अनुरोधपत्र जारी गर्दै डेंगु जोखीमबाट बच्न सतर्कता अपनाउन अपील गरेका हुन्। उनले रोगको पह्चिान र उपचारमा कमि हुन नदिन स्वास्थ्य मन्त्रालय लागीरहेको बताए।

    स्वास्थ्य राज्यमन्त्री केसीले भने, ‘डेंगु संक्रमण देखिएका जिल्लाहरुमा जनप्रतिनिधिहरुसँग छलफल गरेर पालिकाको स्वास्थ्य हेर्ने सबै व्यक्ति र स्वयम्सेविकालाई परिचालन गर्ने कार्य भइरहेको छ। जनप्रतिनिधि सँगसँगै स्थानीय सरोकारवाला, स्वास्थ्य स्वयंसेविकामिलेर डेंगु नियन्त्रणका लागि लामखुट्टेको लार्भा खोज्ने, त्यसलाई नष्ट गर्ने, समाज परिवार, व्यक्तिमा सचेतना फैलाउने काम भइरहेको छ।’ डेंगुबाट बच्न आमनागरिकले पूरा बाहुला भएका कपडा लगाउन अनुरोध गरे।

    उनले भने, ‘प्रायजसो दिनको समय, विशेष गरी बिहान र बेलुकाको समयमा सकृय रहने एडीस जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्छ। डेंगु रोगको प्रकोपलाई मध्येनजर गर्दै स्वास्थ्य मन्त्रालयले प्रतिकार्य योजनाबनाएर काम गरिरहेको छ। ’ डेंगु सार्ने लामखुट्टेको बासस्थान खोजी गरी लार्भा ‘खोज र नष्ट गर’ अभियानलाई तीव्र वनाइएको बताए।