राष्ट्रसंघीय महासचिव भन्छन्  :  साझा चुनौतीको समाधान गर्न ऐक्यबद्ध रुपमा लाग्नुपर्छ - Chaitanya News
  • 2026-04-18
  • 12:57:09
  • शनिबार,बैशाख ०५, २०८३
  • राष्ट्रसंघीय महासचिव भन्छन्  :  साझा चुनौतीको समाधान गर्न ऐक्यबद्ध रुपमा लाग्नुपर्छ

    राष्ट्रसंघीय महासचिव भन्छन्  :  साझा चुनौतीको समाधान गर्न ऐक्यबद्ध रुपमा लाग्नुपर्छ

    काठमाडौं– संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले विश्वमा देखा परिरहेका विभिन्न साझा समस्या तथा चुनौतीहरूको समाधानका लागि विश्वका देशहरु ऐक्यबद्ध भएर लाग्नुपर्ने बताएका छन्। मङ्गलबार संयुक्त राष्ट्रसङ्घको ७७ औँ महासभाको उद्घाटनका क्रममा उनले सो कुरा बताए।

    उनले यस्ता समस्याको समाधानका साथै आगामी दिनमा पनि देखा पर्नसक्ने सबै प्रकारका चुनौतीहरूलाई समाधान गर्नका लागि सबै सदस्य राष्ट्रहरु एक भएर लाग्नुपर्ने बताए।

    सो सभालाई सम्बोधन गर्दै महासचिव गुटरेसले यसअघिको ७६ औँ महासभाको उद्घाटनका क्रममा पनि हाम्रासामु धेरै प्रकारका चुनौतीहरूको पहिचान भएको बताए। ती समस्यालाई आगामी दिनमा सबैको समान प्रयासबाट समाधान निकाल्न सकिने उनले बताए। शान्ति, मानव अधिकार तथा जलवायु परिवर्तनका समस्याहरु हाम्रा सामु रहेकाले तिनको समाधानमा हामी सबै लाग्नुपर्ने बताए।