अमेरिकी राजदूत बेरीले गरे प्रचण्डसँग बिदाई भेट - Chaitanya News
  • 2026-04-18
  • 13:01:13
  • शनिबार,बैशाख ०५, २०८३
  • अमेरिकी राजदूत बेरीले गरे प्रचण्डसँग बिदाई भेट

    अमेरिकी राजदूत बेरीले गरे प्रचण्डसँग बिदाई भेट

    काठमाडौं– पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डु र नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीबीच भेटवार्ता भएको छ। खुमलटारस्थित प्रचण्ड निवासमा बुधबार बिहान अध्यक्ष प्रचण्डसँग राजदूत बेरीले बिदाई भेटवार्ता गरेका हुन्।

    भेटवार्तामा अमेरिका र नेपालबीचको दुई पक्षीय सम्बन्धका बारेमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ। अध्यक्ष प्रचण्डले राजदूत बेरीलाई सफल कार्यकालका लागि बधाई ज्ञापन गरेका थिए।

    नेपालका लागि अमेरिकी राजदूतमा डीन थम्पसन सिफारिस भइसकेका छन्। राष्ट्रपति जो वाइडेनले अमेरिकी विदेश मन्त्रालयमा दक्षिण र मध्य एसिया हेर्दै आएका थम्पसनलाई नेपालको नयाँ राजदूतमा प्रस्ताव गरेको ह्वाइट हाउसले जनाएको छ। उनी एसियाली मामिलाका विज्ञ समेत हुन्। थम्पसन अनुभवी अमेरिकी कुटनीतिज्ञ हुन्। उनी रक्षा मामिलाका जानकार हुन्।

    नेपालका लागि अमेरिकीको राजदूत र्‍याण्डी बेरीको गत वर्षनै कार्यकाल सकिएपनि एमसीसी अनुमोदन गर्न थप पहलकदमी गर्नुपर्ने भएकाले उनको म्याद थपिएको थियो।