चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 66 of 1112
  • 2026-10-12
  • 14:26:07
  • सोमबार,आश्विन २६, २०८३

About Author

सरकारी कोषमा रकम जम्मा छ, तर जनता भोकै छन् : ओली

काठमाडौँ– पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढीपछि सरकारी कोषमा राहत र रकम जम्मा भएपनि रसुवा बाढी पीडित नागरिकहरू भोकभोकै बस्नु परेको बताएका छन्। आज (सोमबार) पार्टी कार्यालयमा एमाले बागमती र राजधानी प्रदेशले जम्मा गरेको राहत रकम बुझ्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। एमालेले राहत सङ्कलन र वितरणमा सरकारको मात्र भर नपरी सबैसँग समन्वय गर्न चाहेको ओलीको भनाइ छ। ‘केन्द्र सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन्, राहत पुग्न पाएको छैन’, ओलीले भने, ‘यो स्थितिलाई अन्त्य गरौँ भनेर प्रयास गरिरहेका छौँ।’

News by सरकारी कोषमा रकम जम्मा छ, तर जनता भोकै छन् : ओली :