चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 34 of 1111
  • 2026-10-10
  • 23:01:20
  • शनिबार,आश्विन २४, २०८३

About Author

बंगालको खाडीमा न्यून चापीय प्रणाली सक्रिय, नेपालमा वर्षाको सम्भावना बढ्यो

काठमाडौँ– बंगालको खाडीमा विकसित नयाँ न्यून चापीय प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्न थालेसँगै नेपालमा वर्षाको गतिविधि बढ्ने सम्भावना देखिएको छ। प्रणाली थप संगठित र बलियो बन्न सक्ने भएकाले जल तथा मौसम विज्ञान विभागले यसको निरन्तर निगरानी गरिरहेको जनाएको छ। अण्डमान सागर आसपास विकास भएको उक्त प्रणाली अहिले बंगालको खाडीको पूर्व–मध्य क्षेत्रमा केन्द्रित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद् बिनु महर्जनका अनुसार प्रणाली आगामी दिनमा अझ बलियो बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना छ। प्रणालीको प्रभावका कारण नेपालमा वर्षाको सम्भावना बढे पनि वर्षाको मात्रा, प्रभावको क्षेत्र तथा यसबाट हुन सक्ने क्षतिको स्तरबारे अहिले नै यकिन गर्न नसकिने महाशाखाले स्पष्ट पारेको छ। त्यसैले प्रणालीको विकासक्रमलाई सूक्ष्म रूपमा नियालिरहेको विभागको भनाइ छ। यसैबीच, मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतर्फ रहे पनि नयाँ मौसमी प्रणालीको प्रभावका कारण आगामी २४ घण्टामा देशका विभिन्न भूभागमा वर्षा हुने पूर्वानुमान गरिएको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। ती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा खण्डित रूपमा भारी वर्षा हुन सक्ने भएकाले महाशाखाले ती क्षेत्रका लागि ‘पहेंलो चेतावनी’ जारी गरेको छ। भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन तथा पूर्वतयारीमा रहन महाशाखाले आग्रह गरेको छ। पछिल्लो २४ घण्टामा तनहुँको खानीखोला स्टेसनमा ४१.८ मिलिमिटर र मकवानपुरको सिलिङ्गेमा ३८.८ मिलिमिटर वर्षा मापन भएको छ।

News by बंगालको खाडीमा न्यून चापीय प्रणाली सक्रिय, नेपालमा वर्षाको सम्भावना बढ्यो :