चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 123 of 1166
  • 2026-11-29
  • 09:28:19
  • आइतबार,मंसिर १४, २०८३

About Author

एकैपटक ७६ कर्मचारीको सरुवा,हेर्नुहोस् को कहाँ पुगे ?

काठमाडौँ– मधेश प्रदेश सरकारले अर्थ मन्त्रालयअन्तर्गत प्रशासन सेवाको लेखा समूहमा कार्यरत ७६ जना कर्मचारीको एकैपटक सरुवा गरेको छ। सरुवामा अधिकृतदेखि लेखापाल र सहलेखापालसम्मका कर्मचारी समेटिएका छन्। प्रदेश सरकारले गरेको निर्णयअनुसार २३ जना अधिकृत, ४३ जना लेखापाल र १० जना सहलेखापालको सरुवा भएको हो। सरुवा हुने अधिकृतमध्ये सातौँ तहका १८ जना र आठौँ तहका ५ जना रहेका छन्। प्रदेश सरकारले अर्थ मन्त्रालयअन्तर्गत लेखा समूहमा कार्यरत कर्मचारीलाई विभिन्न स्थानमा जिम्मेवारी हेरफेर गरेको जनाएको छ। एकैपटक गरिएको यो सरुवामा प्रशासन सेवाको लेखा समूहमा कार्यरत विभिन्न तहका कर्मचारी समेटिएका छन्।

News by एकैपटक ७६ कर्मचारीको सरुवा,हेर्नुहोस् को कहाँ पुगे ? :