भोटेकोशी बाढीः मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण संकलन गर्दै प्रहरी - Chaitanya News
  • 2026-08-28
  • 12:06:51
  • शुक्रबार,भाद्र १२, २०८३
  • भोटेकोशी बाढीः मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण संकलन गर्दै प्रहरी

    भोटेकोशी बाढीः मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण संकलन गर्दै प्रहरी

    जनकपुरधाम– प्रदेश प्रहरीले भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएकाहरूको विवरण संकलन थालेको छ।

    प्रदेशका विभिन्न जिल्लाबाट धेरै नागरिक सम्पर्कविहीन भएको सूचना आउन थालेपछि जिल्लास्थित प्रहरी कार्यालयहरूले सम्पर्कविहीन भएकाहरूको विवरण संकलन थालेका हुन्।

    मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रभुप्रसाद ढकालका अनुसार हालसम्म मधेसका ५८ जना सम्पर्कविहीन भएका विवरण प्राप्त भएको छ।

    उक्त कार्यालयलाई प्राप्त पछिल्लो विवरणअनुसार सप्तरीका ३२, बाराका आठ, पर्साका पाँच, सर्लाहीको सात, रौतहट र सप्तरीका दुई जना सम्पर्कविहीन भएका छन्।