चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 997 of 1152
  • 2026-11-22
  • 11:47:58
  • आइतबार,मंसिर ०७, २०८३

About Author

प्रधानमन्त्री बनेपछि आज पहिलो पटक गोरखा जाँदै प्रचण्ड

काठमाडौं -  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (बुधबार० गोरखा जाँदैछन् । खेलकुद मैदान हरमटारीमा आजबाट शुरु हुने ११ औं गोरखा महोत्सव उदघाटन प्रचण्ड गोरखा जान लागेका हुन् । प्रधानमन्त्री बनेपछि प्रचण्ड गोरखा जान लागेको यो पहिलो पटक हो । गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका प्रचण्ड १० पुसमा प्रधानमन्त्री बनेका थिए । उनले मंगलबार (हिजो) संसदमा अभूतपूर्व विश्वासको मत पाएका थिए । यसैबीच प्रधानसेनापति प्रभुराम शर्मा पनि आजै गोरखा जाँदैछन् । गोरखा नगरपालिका–६ ठूलो आँगनमा निर्मित पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न प्रधानसेनापति शर्मा गोरखा जान लागेका हुन् । सो अवसरमा नेपाली सेनाले परम्परागत पोशाकमा परेड प्रदर्शन पनि गर्नेछ

News by प्रधानमन्त्री बनेपछि आज पहिलो पटक गोरखा जाँदै प्रचण्ड :