प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा २६८ मत, विपक्षमा २ मत मात्र - Chaitanya News
  • 2026-04-29
  • 15:51:32
  • बुधबार,बैशाख १६, २०८३
  • प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा २६८ मत, विपक्षमा २ मत मात्र

    प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा २६८ मत, विपक्षमा २ मत मात्र

    काठमाडौं-  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाएका छन् ।

    पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले संसदको दोस्रो बैठकमा मंगलबार विश्वासको मत लिएका हुन् ।

    मंगलबार प्रतिनिधिसभा बैठकमा भएको मतदानमा २६८ सांसदले प्रधानमन्त्री दाहालको पक्षमा मतदान गरेका छन् । यस्तै विपक्षमा २ सांसदले मतदान गरेका छन् । मतदानमा २७० सांसद उपस्थित थिए ।

    नेकपा माओवादी केन्द्रसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय उन्मुक्ति पार्टी तथा ३ स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका दाहाललाई नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले समेत प्रधानमन्त्री प्रचण्डको पक्षमा मतदान गरेका थिए ।