प्रधानमन्त्री बनेपछि आज पहिलो पटक गोरखा जाँदै प्रचण्ड - Chaitanya News
  • 2026-06-14
  • 07:50:42
  • आइतबार,जेठ ३१, २०८३
  • प्रधानमन्त्री बनेपछि आज पहिलो पटक गोरखा जाँदै प्रचण्ड

    प्रधानमन्त्री बनेपछि आज पहिलो पटक गोरखा जाँदै प्रचण्ड

    काठमाडौं –  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (बुधबार० गोरखा जाँदैछन् । खेलकुद मैदान हरमटारीमा आजबाट शुरु हुने ११ औं गोरखा महोत्सव उदघाटन प्रचण्ड गोरखा जान लागेका हुन् । प्रधानमन्त्री बनेपछि प्रचण्ड गोरखा जान लागेको यो पहिलो पटक हो ।

    गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका प्रचण्ड १० पुसमा प्रधानमन्त्री बनेका थिए । उनले मंगलबार (हिजो) संसदमा अभूतपूर्व विश्वासको मत पाएका थिए ।

    यसैबीच प्रधानसेनापति प्रभुराम शर्मा पनि आजै गोरखा जाँदैछन् । गोरखा नगरपालिका–६ ठूलो आँगनमा निर्मित पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न प्रधानसेनापति शर्मा गोरखा जान लागेका हुन् । सो अवसरमा नेपाली सेनाले परम्परागत पोशाकमा परेड प्रदर्शन पनि गर्नेछ