चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 945 of 1153
  • 2026-11-22
  • 15:47:36
  • आइतबार,मंसिर ०७, २०८३

About Author

राष्ट्रपतिबारे निर्णय लिन राप्रपाले बोलायो केन्द्रीय कार्य सम्पादन समिति बैठक

काठमाडौँ -  सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दैछ । आसन्न राष्ट्रपति निर्वाचनसहितका समसामयिक विषयमा छलफल र आवश्यक निर्णय लिन बैठक बस्न लागेको हो । आज पार्टी कार्यालय धुम्बाराहीमा मध्यान्ह साढे १२ बजे बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् । राप्रपाले राष्ट्रपति निर्वाचनमा कुन दललाई सहयोग गर्ने भन्ने निर्णय गरिसकेको छैन । पार्टीमा राष्ट्रपति निर्वाचनमा मतदान गर्न नहुने आवाज पनि उठिरहेको छ । यस विषयमा पनि आजको बैठकले ठोस निर्णय लिनेछ ।

News by राष्ट्रपतिबारे निर्णय लिन राप्रपाले बोलायो केन्द्रीय कार्य सम्पादन समिति बैठक :