क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आज - Chaitanya News
  • 2026-05-09
  • 21:11:27
  • शनिबार,बैशाख २६, २०८३
  • क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आज

    क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आज

    काठमाडौं-  सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी शुक्रबारको लागि तोकेको छ ।

    लामिछानेले बिहीबार सर्वोच्चमा दायर गरेको मुद्दाको पेसी शुक्रबारको लागि तोकिएको हो ।

    नाबालिग बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दाको पुर्पक्ष गरिरहेको क्रिकेटर लामिछाने बिहीवार सर्वोच्च अदालत पुगेका थिए ।

    धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशमा प्रतिबन्धात्मक व्यवस्था रहेकाले उक्त आदेशको प्रतिबन्धात्मक व्यवस्था हटाउन माग गर्दै लामिछानेले सर्वोच्चमा मुद्दा दायर गरेका हुन् ।