बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले ठूलो संख्यामा माग्यो इन्जिनियर - Chaitanya News
  • 2026-05-09
  • 20:02:32
  • शनिबार,बैशाख २६, २०८३
  • बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले ठूलो संख्यामा माग्यो इन्जिनियर

    बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले ठूलो संख्यामा माग्यो इन्जिनियर

    काठमाडौं- बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले इन्जिनियर र सब-इन्जिनियर माग गरेको छ।

    सिभिल इन्जिनियर उपसमूह जनरलतर्फ ८ जना र बी.एन्ड आर्कतर्फ ६ जना माग गरिएको मन्त्रालयले जनाएको छ। सब-इन्जिनियर हाइवे उपसमूहतर्फ २४ जना माग गरिएको छ।

    मन्त्रालय र काठमाडौं उपत्यकाबाहेक अन्य जिल्लामा सञ्चालित विभिन्न योजना तथा आयोजनाका लागि इन्जिनियर र सब-इन्जिनियर आवश्यक परेकोले माग गरिएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ।

    एक साताभित्र इच्छुक उम्मेदवारले मन्त्रालयमा दरखास्त दिन सक्नेछन्।