तीन प्रदेशमा बर्षा र हिमपातको सम्भावना - Chaitanya News
  • 2026-06-24
  • 17:12:44
  • बुधबार,आषाढ १०, २०८३
  • तीन प्रदेशमा बर्षा र हिमपातको सम्भावना

    तीन प्रदेशमा बर्षा र हिमपातको सम्भावना

    काठमाडौँ – नेपालमा अहिले पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश–१ र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।

    आज (शुक्रबार) दिउँसो प्रदेश–१ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    राति प्रदेश एक र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश–१ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविदले जनाएका छन् ।