श्रमस्वीकृति उत्साहजनक : सात महिनामा साढे चार लाख विदेशिए - Chaitanya News
  • 2026-11-20
  • 17:54:46
  • शुक्रबार,मंसिर ०५, २०८३
  • श्रमस्वीकृति उत्साहजनक : सात महिनामा साढे चार लाख विदेशिए

    श्रमस्वीकृति उत्साहजनक : सात महिनामा साढे चार लाख विदेशिए

    काठमाडौं –  चालु आर्थिक वर्षको सात महिनामा वैदेशिक रोजगारीमा जान ४ लाख ६४ हजार युवाले श्रमस्वीकृति लिएका छन् ।

    यो संख्या गत वर्षको सोही अवधिमा ३ लाख ५९ हजार ५०५ रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

    विभागले सार्वजनिक गरेको गत ७ महिनाको तथ्यांकले यो वर्ष रोजगारीको लागि जानेको संख्या ८ लाख भन्दा बढी हुने देखिन्छ ।

    गत आवमा वैदेशिक रोजगारीमा जान ६ लाख ३५ हजारले श्रमस्वीकृति लिएकोमा चालु आवको ७ महिनामा नै ४ लाख ६४ हजार पुगेको छ ।