राष्ट्रपतिबारे निर्णय लिन राप्रपाले बोलायो केन्द्रीय कार्य सम्पादन समिति बैठक - Chaitanya News
  • 2026-05-19
  • 19:44:53
  • मंगलबार,जेठ ०५, २०८३
  • राष्ट्रपतिबारे निर्णय लिन राप्रपाले बोलायो केन्द्रीय कार्य सम्पादन समिति बैठक

    राष्ट्रपतिबारे निर्णय लिन राप्रपाले बोलायो केन्द्रीय कार्य सम्पादन समिति बैठक

    काठमाडौँ –  सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दैछ । आसन्न राष्ट्रपति निर्वाचनसहितका समसामयिक विषयमा छलफल र आवश्यक निर्णय लिन बैठक बस्न लागेको हो ।

    आज पार्टी कार्यालय धुम्बाराहीमा मध्यान्ह साढे १२ बजे बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

    राप्रपाले राष्ट्रपति निर्वाचनमा कुन दललाई सहयोग गर्ने भन्ने निर्णय गरिसकेको छैन । पार्टीमा राष्ट्रपति निर्वाचनमा मतदान गर्न नहुने आवाज पनि उठिरहेको छ । यस विषयमा पनि आजको बैठकले ठोस निर्णय लिनेछ ।