चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 946 of 1153
  • 2026-11-23
  • 06:15:38
  • सोमबार,मंसिर ०८, २०८३

About Author

तीन प्रदेशमा बर्षा र हिमपातको सम्भावना

काठमाडौँ - नेपालमा अहिले पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश–१ र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । आज (शुक्रबार) दिउँसो प्रदेश–१ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति प्रदेश एक र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश–१ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविदले जनाएका छन् ।

News by तीन प्रदेशमा बर्षा र हिमपातको सम्भावना :