प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची - Chaitanya News
  • 2026-05-19
  • 19:01:54
  • मंगलबार,जेठ ०५, २०८३
  • प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ- प्रतिनिधिसभा बैठक आज (शुक्रबार) बस्ने भएको छ । बैठक अपराह्न १ बजे नयाँ वानेश्वरस्थित सङ्घीय संसद् भवनमा बस्ने छ ।

    बैठकमा सम्पत्ति शुद्धीकरण संशोधन विधेयकलगायतमा छलफल हुनेछ । सो विधेयकमाथि संशोधन हाल्न दिइएको ७२ घण्टाको समय सीमा आज सकिँदैछ ।

    यस्तै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ ।

    sa