संवैधानिक परिषद्सम्बन्धी संशोधन विधेयक मन्त्रिपरिषदबाट पारित - Chaitanya News
  • 2026-05-09
  • 20:02:56
  • शनिबार,बैशाख २६, २०८३
  • संवैधानिक परिषद्सम्बन्धी संशोधन विधेयक मन्त्रिपरिषदबाट पारित

    संवैधानिक परिषद्सम्बन्धी संशोधन विधेयक मन्त्रिपरिषदबाट पारित

    काठमाडौं- मन्त्रिपरिषद्ले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक संसदमा पेस गर्ने निर्णय गरेको छ।

    कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको विधेयकलाई बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको हो।

    कानूनमन्त्री ध्रुवबहादुर प्रधानले क्याबिनेटबाट विधेयक स्वीकृत भएको र शुक्रबार संसदमा पेस गरिने बताए। विधेयकमार्फत सरकारले संवैधानिक परिषद् बैठकसम्बन्धी कार्यविधि संशोधन गर्दैछ।