कुन पदको विज्ञापन कहिले, यस्तो छ लोकसेवा आयोगको तालिका - Chaitanya News
  • 2026-05-09
  • 20:04:08
  • शनिबार,बैशाख २६, २०८३
  • कुन पदको विज्ञापन कहिले, यस्तो छ लोकसेवा आयोगको तालिका

    कुन पदको विज्ञापन कहिले, यस्तो छ लोकसेवा आयोगको तालिका

    काठमाडौं- लोकसेवा आयोगले आर्थिक वर्ष २०७८/७९ र २०७९/८० का विभिन्न विज्ञापनको परीक्षा कार्यक्रमको सूची सार्वजनिक गरेको छ।

    सर्वोच्च अदालतको अन्तरिम आदेशसमेतबाट स्थगित गरिएका एवम् परीक्षा कार्यक्रम प्रकाशन हुन बाँकी रहेका राप द्वित्तीय श्रेणी (प्राविधिक) वरिष्ठ समाजशास्त्री पद, राप तृत्तीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरह पद, राष्ट्रिय मानव अधिकार सेवाको अधिकृत तृत्तीय श्रेणी अधिकृत पद, रापअन प्रथम श्रेणी (अप्राविधिक प्राविधिक) नायब सुब्बा वा सो सरहका विभिन्न पद, स्वास्थ्य सेवातर्फ पाँचौं तहका विभिन्न पद, राष्ट्रिय मानव अधिकार सेवाको सहायक प्रथम श्रेणी नायव सुब्बा वा सो सरह पद, रापअन द्वित्तीय श्रेणी (प्राविधिक) खरिदार वा सो सरह पदका परीक्षा कार्यक्रम सार्वजनिक गरेको हो।

    आयोगद्वारा सार्वजनिक सूची अनुसार, राप द्वित्तीय श्रेणी, विविध सेवा, वरिष्ठ समाजशास्त्री पदका लागि आगामी चैत्रमा विज्ञापन गरिने तालिकामा उल्लेख छ।

    यस्तै, राप तृत्तीय श्रेणी, नेपाल न्याय सेवा शाखा अधिकृत वा सो सरहको विज्ञापन आगामी वैशाखमा हुने आयोगद्वारा जारी सूचनामा उल्लेख छ। राप तृत्तीय श्रेणी परराष्ट्र, प्रशासन, लेखापरीक्षण, संघीय संसदका शाखा अधिकृत वा सो सरहका पदका संयुक्त र एकीकृत लिखित परीक्षाको कार्यक्रम चैत्रबाट हुने जनाइएको छ। राप तृत्तीय श्रेणी, न्याय सेवा शाखा अधिकृत तहको लिखित परीक्षा आगामी वर्ष साउन पहिलो साता हुँदैछ।