चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 381 of 1154
  • 2026-11-23
  • 13:17:24
  • सोमबार,मंसिर ०८, २०८३

About Author

चितवन क्षेत्र नं.३ मा सोविता गौतम विजयी

चितवन– चितवन क्षेत्र नं.३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् । सोविता गौतमले अहिलेसम्मकै सर्वाधिक मतको जित निकाल्दा कांग्रेस–एमालेका उम्मेदवारको जमानत जफत भएको छ । गौतमले ५९ हजार २ सय ७७ मत ल्याएर जित हात पारेकी हुन् । यो अहिलेसम्मकै सर्वाधिक मतको जित हो । गौतमकी निकतम प्रतिप्रस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले २० हजार ६ सय १५ मत ल्याइन् । गौतम र दाहाल बीचको मतान्तर ३८ हजार ६ सय ६२ छ । रेनुले फेसबुकमा स्टाटस लेखेर सोवितालाई बधाई दिँदै चितवनवासीको मन जिते पनि मत जित्न नसकेको बताएकी छन् ।  

News by चितवन क्षेत्र नं.३ मा सोविता गौतम विजयी :