काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले दलीय राजनीतिबाट तत्कालका लागि बिदा लिएको घोषणा गरेका छन् ।
आजैको मितिबाट लागू हुने गरी पार्टीका सम्पूर्ण जिम्मेवारीहरूबाट बिदा लिएको घोषणा गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा शनिबार बिहान स्ट्याटस लेख्दै भनेका छन्, ‘देशभरि राजसंस्था पुनर्स्थापनाको पक्षमा व्यापक जनमत हुँदाहुँदै पनि सो जनमतलाई सङ्गठित र पूँजीकृत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी विविध कारणले बारम्बार विफल भएको छ, जसका लागि पार्टीको वरिष्ठ उपाध्यक्षको हैसियतले म पनि जिम्मेवार छु।’
राजसंस्था पुनर्स्थापना तथा सुशासन लगायतका मुद्दाहरूमा उनको अडान यथावत रहेको बताएका छन् ।
उनले थप भनेका लेखेका छन्, ‘तत्कालका लागि गैरदलीय९स्वतन्त्र० रूपमा म मेरा विचार र अडानहरू मुखरित गरिरहने छु ।’
रवीन्द्र मिश्र काठमाडौं–१ मा प्रतिनिधि सभा सदस्य पदमा पराजित भएका थिए। उनी त्यहाँ तेस्रो पटक पराजित भएका हुन्।
कुनै निराशा, हताश या हतारमा यो निर्णय नलिएको बताए ।