रुपन्देही– ३ बाट रास्वपाका लेखजंग ५० हजार मतान्तरले विजयी - Chaitanya News
  • 2026-04-25
  • 15:45:19
  • शनिबार,बैशाख १२, २०८३
  • रुपन्देही– ३ बाट रास्वपाका लेखजंग ५० हजार मतान्तरले विजयी

    रुपन्देही– ३ बाट रास्वपाका लेखजंग ५० हजार मतान्तरले विजयी

    बुटवल– रुपन्देहीको क्षेत्र नम्बर ३ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाका उम्मेदवार डा. लेखजंग थापा निकटतम उम्मेदवार भन्दा ५० हजार बढी मत सहित निर्वाचित भएका छन् ।

    थापा ५८ हजार ८ सय १४ मत ल्याई विजयी भएका हुन् । ३६ जना उम्मेदवार रहेकामा थापा ५० हजार ३ सय ८९ मतान्तरले विजयी भएका हुन् ।

    उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुशिल गुरुङले ८ हजार ४ सय ३५ मत ल्याएका छन् भने तेस्रो स्थानमा रहेका नेकपा एमालेका बासुदेव घिमिरेले ८ हजार २ सय ७५ मत ल्याएको निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिए ।

    निर्वाचन क्षेत्र नम्बर ३ मा १ लाख ४० हजार ३५ मतदाता रहेकोमा ९४ हजार २ सय ३२ मत खसेको थियो ।