काठमाडौँ– कास्की –१ मा रास्वपाका खड्कराज पौडेल विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वीलाई २८ हजार ६४९ मतान्तरले पराजित गर्दै पौडेल निर्वाचित भएका हुन्।
पौडेलले ३९ हजार ८६४ मत ल्याउँदा उनका निकटतम नेपाली काँग्रेसका तिलक रानाभाटले ११ हजार २१५ मत ल्याए।
यसैगरी, एमालेका बैनबहादुर अधिकारी क्षेत्रीले १० हजार ४३७ र नेकपाका राजकाजी गुरुङ दुई हजार ४७९ मत ल्याएका छन्।