झापा– प्रतिनिधि सभा निर्वाचनअन्तर्गत झापा क्षेत्र नम्बर–५ मा हालसम्म ८८ हजार ४४१ मत गणना सम्पन्न भएको छ।
पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र साह स्पष्ट अग्रतामा रहेका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार साहले ५५ हजार ९३४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले १५ हजार ४०९ मत पाएका छन्।
यसैगरी श्रम संस्कृति पार्टीका समीर तामाङले ८ हजार ५१९ मत प्राप्त गरेका छन्। नेपाली काँग्रेसकी मन्धरा चिमरिया ले १ हजार ५३१ मत पाएकी छन् भने नेकपाका रञ्जित तामाङ ले १ हजार २६४ मत प्राप्त गरेका छन्।