चितवन क्षेत्र नं.३ मा सोविता गौतम विजयी - Chaitanya News
  • 2026-08-16
  • 14:17:13
  • आइतबार,साउन ३१, २०८३
  • चितवन क्षेत्र नं.३ मा सोविता गौतम विजयी

    चितवन क्षेत्र नं.३ मा सोविता गौतम विजयी

    चितवन– चितवन क्षेत्र नं.३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् । सोविता गौतमले अहिलेसम्मकै सर्वाधिक मतको जित निकाल्दा कांग्रेस–एमालेका उम्मेदवारको जमानत जफत भएको छ ।

    गौतमले ५९ हजार २ सय ७७ मत ल्याएर जित हात पारेकी हुन् । यो अहिलेसम्मकै सर्वाधिक मतको जित हो ।

    गौतमकी निकतम प्रतिप्रस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले २० हजार ६ सय १५ मत ल्याइन् । गौतम र दाहाल बीचको मतान्तर ३८ हजार ६ सय ६२ छ ।

    रेनुले फेसबुकमा स्टाटस लेखेर सोवितालाई बधाई दिँदै चितवनवासीको मन जिते पनि मत जित्न नसकेको बताएकी छन् ।