काठमाडौँ– सुदूरपश्चिमको डोटीमा नेपाली काँग्रेसका उम्मेदवार भरतबहादुर खड्का विजयी भएका छन् ।
उनी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दीपकबहादुर धामीलाई ७८७ मतको झिनो मतले हराउँदै विजयी भएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार काँग्रेस उम्मेदवार खड्का १४ हजार ८९७ मतसहित निर्वाचित भएका छन् । एमाले उम्मेदवार धामीले १४ हजार ११० मत पाएका छन् ।
डोटीमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार नरेन्द्रबहादुर खड्काले १३ हजार २६० मत ल्याएका छन् ।