चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 338 of 1153
  • 2026-11-23
  • 09:34:50
  • सोमबार,मंसिर ०८, २०८३

About Author

मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने

काठमाडौँ– प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा स्थगित मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम पुनः सुरु हुने भएको छ। आज (बुधबार) निर्वाचन आयोगले प्रेस विज्ञप्ति जारी गर्दै बैठकमा उक्त निर्णय भएको जानकारी दिएको हो। निर्वाचन आयोगका अनुसार, मङ्सिर ६ गतेदेखि स्थगित गरिएको मतदाता नामावली अद्यावधिक कार्यक्रम अब चैत २२ गतेदेखि पुनः सञ्चालन हुनेछ। विज्ञप्तिमा उल्लेख छ कि राष्ट्रिय परिचयपत्र प्राप्त नेपाली नागरिकले आफ्नो राष्ट्रिय परिचयपत्र विवरणमार्फत अनलाइन प्रणालीबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ। राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएका नागरिकका लागि आयोगको पूर्व दर्ता प्रणालीमार्फत अनलाइन फारम भरी फोटो तथा औँठाछापसहितको जैविक विवरण दिनुपर्नेछ। यसका लागि आवेदकले सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा भौतिक रूपमा उपस्थित हुनुपर्ने छ। साथै, मतदाता नामावलीमा रहेका विवरण सुधार ९नाम, थर, ठेगाना, मतदान स्थल, नागरिकता विवरण आदि०, दोहोरो नाम हटाउने, मृत्यु र बसाइसराइको अद्यावधिक गर्ने कामका लागि समेत अनलाइन माध्यमबाट आवेदन दिन सकिने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ।

News by मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने :