नागरिकमैत्री प्रहरी सेवा सुनिश्चित गर्न गृहमन्त्रीको निर्देशन - Chaitanya News
  • 2026-04-21
  • 04:03:01
  • सोमबार,बैशाख ०७, २०८३
  • नागरिकमैत्री प्रहरी सेवा सुनिश्चित गर्न गृहमन्त्रीको निर्देशन

    नागरिकमैत्री प्रहरी सेवा सुनिश्चित गर्न गृहमन्त्रीको निर्देशन

    काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले प्रहरी सेवा नागरिकमैत्री, स्वच्छ, पारदर्शी र सेवामूलक बनाउन निर्देशन दिएका छन्।

    आज (बुधबार) जिल्ला प्रहरी परिसर काठमाडौँमा स्थलगत निरीक्षणको क्रममा मन्त्री गुरुङले सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई सेवा प्रवाहमा सुधार र प्रविधिको प्रयोगमा आवश्यक व्यवस्थापन गर्न सरकारको प्रतिबद्धता रहेको बताएका छन्।

    निरीक्षणका क्रममा गृहमन्त्रीले परिसरमा भइरहेको कामकारवाही, सेवा प्रदान गर्ने प्रक्रिया र अपराध अनुसन्धानबारे जानकारी लिएका थिए।

    साथै, परिसर प्रमुख रमेश थापाका अनुसार, काठमाडौँमा १३ सयभन्दा बढी सीसीटीभी जडान भए पनि जेन जेड आन्दोलनका क्रममा भएको तोडफोडपछि हालसम्म ९ सय ३७ वटा सीसीटीभी पुनः जडान गरिएको छ।