लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-04-21
  • 04:05:23
  • सोमबार,बैशाख ०७, २०८३
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    1. तलका मध्ये पञ्चरत्नको समूहमा नपर्ने कुन हो ? 
    A.  सुन                           B. चाँदी                  C.  हिँरा                   D. मोती
    2. आर्थिक तथा सामाजिक अवस्थाका आधारमा वर्गीकरण गरिएका आदिवासी/जनजातिको सूचीमा चेपाङ जाति तलका मध्ये कुन वर्गमा पर्दछ ?
    A.  सुविधाबाट बञ्चित         B.  सीमान्तकृत            C. अतिसिमान्तकृत            D.  लोपोन्मुख
    3. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् । 
    a. बढीगाड                  1.  बझाङ
    b. नलसिङगाड          2.  डोटी
    c. कालागाड               3. बाग्लुङ
    d. साईलीगाड            4.  जाजरकोट
    A) a1,b3,c2,d4                B) a3,b4,c1,d2              C) a4,b2,c1,d3               D) a2,b4,c3,d1
    4. तल उल्लेखित मध्ये कुन जिल्लाको सीमाना चीनसंग मात्र जोडिएको छैन् ? 
    a.  मनाङ                          B.  मुस्ताङ                      C.  दार्चुला                      D.  दोलखा
    5. Asia Cooperation Dialogue (ACD)  को स्थापना कहिले भएको हो ? 
    A.  सन् २००२ जुन १०             B. सन् २००१ जुन १८
    C. सन् २००२ जुन १८             D. सन् २००५ जुन १८
    6. चाल्र्स डार्बिनको सम्बन्धमा देहायका मध्ये कुन भनाई गलत छ ? 
    A.  डार्बिनको जन्म सन् १८०९ फेबु्रअरी १२ मा ईग्ल्याण्डमा भएको थियो ।
    B.  उनले दि एक्सप्रेस अफ ईमोसन ईन मे एण्ड एनिमल्स नामक प्रतिपादन गरेका थिए ।
    C.  डार्विनले २० वर्षको उमेरमा विकासवादी सिद्धान्तको प्रतिपादन गरेका थिए ।
    D.  डार्बिनले सन् १८६९ मा जातिको उत्पति नामक पुस्तक प्रकाशित गरेका थिए ।
    7. तलका भनाईबारे विचार गर्नुहोस्। 
    १. नेपालसँग दौत्य सम्बन्ध कायम भएको पहिलो राष्ट्र अमेरिका हो । 
    २. नेपालको शान्ति क्षेत्रको प्रस्तावलाई समर्थन नजनाउने सार्क राष्ट्र भारत हो । 
    ३. नेपालको शान्ति क्षेत्रको प्रस्तावलाई हालसम्म ११६ देशले समर्थन जनाएका छन् । 
    A. १ मात्र ठिक       B.  २ मात्र ठिक             C. २ र ३ मात्र ठिक       D.  १ र ३ मात्र ठिक
    8. प्रतिव्यक्ति आय बढी भएको आसियान राष्ट्र कुन हो ? 
    A.  म्यानमार            B.  सिँगापुर              C.  ईण्डोनेसिया              D.  बु्रनाई
    9. संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय कहाँ रहेको छ ? 
    A. सनफ्रान्सिको, अमेरिका             B. वेष्ट मिनिष्टर भवन, लण्डन
    C.  म्यानहटन टापु, अमेरिका          D.  जापानको टोकियो
    10. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
    १. स्टकटिस इन्जिनियर जेम्सवाटले सन् १७६९ मा वाफले चल्ने यन्त्र बनाएका थिए ।
    २. फ्रान्सको राज्यक्रान्ति सन् १७८९ मा भएको थियो ।
    ३. प्रथम विश्व युद्धलाई अन्त्य गर्नका लागि भएको भर्सायल्स सन्धिमा सन् १९१९ जुन २८मा हस्ताक्षर भएको थियो ।
    A.  १,३ मात्र सहि                B. सबै गलत             C.  सबै सहि         D. २,३ मात्र सहि
    11. कुन देशलाई ‘सेतो हात्तिको देश ’भनेर चिनिन्छ ?
    A.  लाओस                 B.  थाईल्याण्ड               C. अष्ट्रेलिया             D.  जापान
    12. चारकोशे झाडी कुन वन क्षेत्रमा पर्दछ ?
    A. उष्ण प्रदेशीय सदाबहार           B.  समशितोष्ण पतझर
    C.  समशितोष्ण कोणधारी             D.  मौसम सदावहार
    13. तलका समूह I  र समूह II बीच जोडा मिलाउनका लागि कोडबाट सही उत्तर छान्नुहोस्‌ ।
    नेपालका नदि भारतमा नाम
    a. कोशी            1 दामोदर
    b.  कर्णाली        2. घाँघरा
    c. कन्काई         3. विरिङ
    d.  महाकाली    4. शारदा
                             5. सस्यु
    A) a4,b3,c2,d1           B) a1,b2,c3,d4         C) a1,b3,c4,d2           D) a1,b4,c3,d2
    14. १ क्यालोरी भन्नाले कति व्यगभि बुझिन्छ ? 
    A) 4.2 Jule                B) 4.4 Joule              C) 3.2 Joule           D) 2.4 Jule
    15. तलका जोडाहरु बिचार गर्नुहोस् । 
    a. वेरिङ – उत्तर अमेरिका र युरेशिया 
    b.  बास जलसन्धि – अष्ट्रेलिया र तस्मानिया बीचको
    c.  मलक्का- मलेसिया र ईण्डोनेसिया
    d. जिब्राल्टर – भूमध्य सागर र आन्द्र बीचको यूरोप र अफ्रिका
    जलसन्धि र जोड्ने र छुट्याउने स्थान बिच कुन कुन जोडा ठिक छन् । 
    A.  a र b मात्र ठिक             B. c र d मात्र ठिक       C.  a,b र c मात्र ठिक         D.  सबै ठिक
    16. तलको कुन भनाई गलत छ ?
    A. तिर्थ गर्न जाँदा मर्ने राजा – भुपालेन्द्र मल्ल
    B. महामारीमा परेर मर्ने राजा – अभय मल्ल
    C.  तमाखुमा विष हालेर मारिने राजा – योगनरेन्द्र मल्ल
    D.  हरिसिद्धीको नाँच हेर्दाहेर्दै मर्ने राजा – प्रताप मल्ल
    17. तलका मध्ये कुन विशेश्वर प्रसाद कोईरलाको कृति होईन् ?
    A.  सुम्रिमा          B.  दोशी चस्मा           C.  हिटलर र यहुदी       D.  जयभँडी
    18. जोडा मिलाई सहि उत्तर छनोट गर्नुहोस् ।
    समुह I                                           समुह II
    a. Green Biotechnology       1.  विविध औद्योगिक प्रयोजनमा आउने जैविक प्रविधिको शाखा
    b. Blue Biotechnology          2.  जेनेटिक इन्जिनियरिङको चिकित्सा क्षेत्रको शाखा
    c. Red Biotechnology           3.  सामुद्रिक एंव जातिय गतिविधिसँग सम्बन्धित शाखा
    d. White Biotechnology      4.  परम्परागत औद्योगिक कृषि पद्तिभन्दा वातावरण मैत्री शाखा
    A) a1,b2,c3,d4             B) a4,b3,c2,d1           C) a4,b2,c1,d3           D) a3,b2,c4,d1
    19. दिगो विकासका 18  वटा लक्ष्यहरु मध्ये लक्ष्य नं.10 मा राखिएको लक्ष्य कुन हो ?
    A) No Poverty                     B) Zero Hunger
    C) Quality Education        D) Reducation Inequalities
    20. राष्ट्रिय जनगणना, २०७८ बारे सही विकल्प चयन गर्नुहोस् ।
    क) २९३ वटा नगरपालिकामा रहेको जनसंख्यालाई शहरी क्षेत्रको जनसंख्या मानिएको छ ।
    ख) सबैभन्दा कम जनसंख्या भएको गाउँपालिका बैजनाथ गाउँपालिका हो ।
    A.  क मात्र सहि               B. ख मात्र सहि             C.  दुवै सहि       D. दुवै गलत
    उत्तरः
    1. B 11. B
    2. C 12. A
    3. B 13. B
    4. C 14. A
    5. C 15. D
    6. D 16. B
    7. C 17. D
    8. B 18. B
    9. C 19. D
    10. C 20. A

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)

    सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।

    Chaitanya Academy Nepal

     New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100