सभामुखको निर्वाचन २२ गते हुने, मनोनयन दर्ता शुक्रबार - Chaitanya News
  • 2026-04-21
  • 04:03:00
  • सोमबार,बैशाख ०७, २०८३
  • सभामुखको निर्वाचन २२ गते हुने, मनोनयन दर्ता शुक्रबार

    सभामुखको निर्वाचन २२ गते हुने, मनोनयन दर्ता शुक्रबार

    काठमाडौं– प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ।

    हिजो (मंगलबार) सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा, सभामुख निर्वाचनका लागि पर्सि २० गते गर्नेगरी प्रस्ताव गरिएको रास्वपा सांसद खुश्बु ओलीले जानकारी दिइन्।

    ‘मनोनयन दर्ता पर्सिका लागि हुने कुरा भएको छ। निर्वाचन चाहीँ २२ गते गरेर सोही दिन पदवाहली पनि गर्ने कुरा भएको छ,’ ओलीले सर्वदलीय बैठकपछि भनिन्।