चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 35 of 1110
  • 2026-10-09
  • 12:44:44
  • शुक्रबार,आश्विन २३, २०८३

About Author

पहिरो र बाढीका कारण विभिन्न सडकखण्डमा यातायात प्रभावित

काठमाडौँ– बाढी तथा पहिरोका कारण बागमती र कोशी प्रदेशका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीको सार्वजनिक गरेको विवरणअनुसार आइतबार बिहान ६ः३० बजेसम्म रसुवा, नुवाकोट र सङ्खुवासभाका केही सडक पूर्ण रूपमा बन्द छन्। धादिङका दुई स्थानमा भने एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको छ। बागमती प्रदेशतर्फ खुक–नेपालथोक–कटुन्जेबेँसी हुँदै चल्ने सवारीका लागि बीपी राजमार्ग प्रभावित छ। बाढीका कारण रसुवाको मुख्य राजमार्ग सबै प्रभावित छन्। अर्को सूचना नभएसम्म पूर्ण रूपमा अवरोध रहेको प्रहरीले जनाएको छ। नुवाकोटको शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा टोखा–छहरे सडकखण्ड बाढी तथा पहिरोको जोखिममा छ। राति १० बजेदेखि बिहान ५ बजेसम्म यहाँ सवारी सञ्चालनमा रोक लगाइएको छ। नुवाकोटकै विदुर नगरपालिका–१० सिमटारमा पासाङ ल्हामु सडकखण्ड बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० ज्वालामुखी र शीतलबजार क्षेत्रमा पृथ्वी लोकमार्ग पहिरोका कारण प्रभावित छ। दुवै स्थानमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ। कोशी प्रदेशतर्फ संखुवासभको मकालु गाउँपालिका–४ नेता भीरमा पहिरोका कारण कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

News by पहिरो र बाढीका कारण विभिन्न सडकखण्डमा यातायात प्रभावित :