एमाले पुनर्गठन कार्यदल र सचिवालयको बैठक आज बस्दै - Chaitanya News
  • 2026-09-20
  • 09:44:51
  • आइतबार,आश्विन ०४, २०८३
  • एमाले पुनर्गठन कार्यदल र सचिवालयको बैठक आज बस्दै

    एमाले पुनर्गठन कार्यदल र सचिवालयको बैठक आज बस्दै

    काठमाडौँ– नेकपा एमालेको पार्टी पुनर्गठन कार्यदल र सचिवालय बैठक आज बस्ने भएको छ। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार आज बिहान ९ बजे निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक बोलाइएको छ भने दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको छ।

    कार्यदल र सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा बस्नेछ। कार्यदलले पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदनलाई अन्तिम रूप दिएर सचिवालय बैठकमा पेस गर्ने तयारी छ।

    सचिवालय बैठकमा कार्यदल प्रतिवेदन र केन्द्रीय कमिटी बैठकका एजेण्डाबारे छलफल हुनेछ। एमाले केन्द्रीय कमिटी बैठक असोज ५ देखि ७ गतेसम्म ललितपुरस्थित रामबाग महल भनिमण्डलमा बस्ने तय भएको एमालेले जनाएको छ।