काठमाडौँ– जल तथा मौसम पूर्वानुमान माहाशाखाले दिएको जानकारी अनुसार, हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ।
जसको प्रभावले लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भू–भागमा साधरणतया बादल लागेको छ भने बाँकी तराई भू–भागमा आंशिक बादल लागेको छ। बागमती प्रदेशका थोरै स्थानमा तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशका हिमाली र पहाडी भू–भागमा साधरणतया बादल तथा तराई भू–भागमा आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भू–भागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशको तराई भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
आज राति देशका हिमाली र पहाडी भू–भागमा साधरणतया बादल तथा तराई भू–भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।