चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1099 of 1099
  • 2026-10-03
  • 05:28:47
  • शुक्रबार,आश्विन १६, २०८३

About Author

थोक कर्जा प्रवाह गर्ने ४ लघुवित्तमा कुन अब्बल? यस्तो छ गत आर्थिक वर्षको तुलनात्मक अवस्था

कर्जा खबर, काठमाडौ

गत आर्थिक वर्षमा थोक कर्जा प्रवाह गर्ने लघुवित्त वित्तीय संस्थाहरुले धेरै राम्रो प्रगति गर्न सकेका छैनन्। खुद्रा लघुवित्तको तुलनामा थोक कर्जा प्रवाह गर्ने लघुवित्तको प्रगति कमै देखिन्छ। हाल नेपालमा फस्ट माइक्रोफाइनान्स,आरएमडिसि लघुवित्त,आरएसडिसि लघुवित्त र साना किसान लघुवित्त गरी कुल ४ वटा थोक कर्जा प्रवाह गर्ने लघुवित्त कम्पनीहरु सञ्चालनमा रहेका छन्।

यी ४ कम्पनीमा गत आर्थिक वर्ष ३ कम्पनीले सामान्य नाफा बढाएका छन् भने आरएमडिसिको भने नाफा घटेको छ।

गत वर्ष आरएसडिसि लघुवितकाे नाफा १५ प्रतिशतले बढेको छ भने साना किसान लघुवित्तको १२ प्रतिशत र फस्ट माइक्रोफाइनान्सको १ प्रतिशतले नाफा बढेको छ। आरएमडिसि लघुवित्तको भने नाफा १९ प्रतिशतले घटेको छ।

गत आर्थिक वर्षमा बैंकको ब्याज सस्तो हुँदा त्यसको फाइदा खुद्रा लघुवित्तले धेरै उठाए पनि थोक कर्जा लगानी गर्ने लघुवित्तमा भने यसले खासै प्रभाव नपारेको देखिन्छ।

आरएमडिसिको ब्याज आम्दानी १२ प्रतिशतले घट्दा पनि उसको नाफामा असर गरेको देखिन्छ। अन्य तीन लघुवित्तको भने ब्याज आम्दानी बढेको छ।

सबै लघुवित्तको अन्य सञ्चालन आम्दानी घटेको छ भने कुल सञ्चालन आम्दानी आरएमडिसि बाहेक ३ लघुवित्तको बढेको देखिन्छ।

लघुवित्त कम्पनीहरुले प्रोभिजनिङ केही बढाएका छन् भने साना किसानको राइट ब्याक समेत उच्च रुपले बढेपछि नाफा बढ्न सहयोग पुगेको छ।

गत वर्ष फस्ट माइक्रोफइनान्सले जगेडा कोष १०३ प्रतिशतले बढाएको छ। भने अन्य आरएमडिसि लघुवित्तले १५ प्रतिशत,आरएसडिडि लघुवित्तको ५ प्रतिशत र साना किसान लघुवित्तको १८ प्रतिशतले बढेको छ।

लघुवित्तहरुले सार्वजानिक गरेका वित्तीय विवरण अनुसार गत वर्ष कर्जा लगानीमा फस्ट माइक्रोफाइनान्स सबैभन्दा अगाडि छ। उसले कर्जा लगानी ४८ प्रतिशतले बढाएको छ।

गत वर्ष थोक कर्जा लगानी गर्ने लघुवित्तहरूको प्रतिशेयर आम्दानी पनि बढ्न सकेको छैन्। फस्ट माइक्रोफाइनान्सको इपिएस २१ पैसाले बढेको छ भने आरएसडिसिको ६९ पैसाले बढेको छ अन्य दुई लघुवित्तको इपिएस भने ५ रुपैयाँभन्दा धेरैले घटेको छ।

प्रतिशेयर नेटवर्थमा साना किसान लघुवित्त सबैभन्दा अगाडि देखिएको छ। वित्तीय विवरण अनुसार उसको प्रतिशेयर नेटवर्थ २८५ रुपैयाँ छ भने आरएसडिसिको सबैभन्दा कम १२१ रुपैयाँ छ।

साउन २५ गतेको अन्तिम कारोबार अनुसार साना किसान लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै प्रतिकित्ता १८६० रुपैयाँ छ भने आरएसडिसिको ९४७ रुपैयाँ छ। सोही दिनको बजार मूल्य अनुसार मूल्य आम्दानी अनुपात गणना गर्दा आरएसडिसि लघुवित्तको सबैभन्दा धेरै ७६.१३ गुणा छ।