चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 210 of 1152
  • 2026-11-22
  • 12:16:24
  • आइतबार,मंसिर ०७, २०८३

About Author

जोर्डनलाई ३–१ ले पराजित गर्दै अर्जेन्टिना नकआउट चरणमा प्रवेश

काठमाडौं– साविक विजेता फिफा विश्वकप २०२६ मा अपराजित बन्दै नकआउट चरणमा प्रवेश गरेको छ। डालास स्टेडियममा आइतबार बिहान भएको समूह चरणको अन्तिम खेलमा जोर्डनलाई ३–१ ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो। यसअघि अर्जेन्टिनाले आफ्नो पहिलो खेलमा अल्जेरियालाई ३–० र दोस्रो खेलमा अष्ट्रियालाई २–० ले पराजित गरेको थियो। जोर्डनविरुद्ध कप्तान लियोनल मेसी, जियोभानी लो सेल्सो र लाउटारो मार्टिनेजले एकएक गोल गरे। जोर्डनका मुसा अल–तमारीले सान्त्वना गोल गरे। खेलको १९औं मिनेटमा जियोभानीले फ्रिकिकमार्फत गोल गर्दै अर्जेन्टिनालाई पहिलो अग्रता दिलाएका थिए। ३१औं मिनेटमा मार्टिनेजले पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए। खेलको ५५औं मिनेटमा जोर्डनका अल–तमारीले गोल गर्दै खेलमा फर्किने प्रयास गरे। तर, दोस्रो हाफमा मैदान प्रवेश गरेका कप्तान मेसीले ८०औं मिनेटमा गोल गर्दै अल–तमारीको प्रयासलाई विफल बनाए। समूह ‘जे’ मा अर्जेन्टिनाले ३ खेलबाट ९ अंक जोडे। समान ४ अंक जोडेका अल्जेरिया र अष्ट्रिया दोस्रो र तेस्रो स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरे। जोर्डन अंकविहीन बन्न पुग्यो।

News by जोर्डनलाई ३–१ ले पराजित गर्दै अर्जेन्टिना नकआउट चरणमा प्रवेश :