आज प्रतिनिधि सभा बैठक बस्दै, महालेखा परीक्षकको प्रतिवेदन पेस गरिने - Chaitanya News
  • 2026-06-28
  • 11:05:54
  • आइतबार,आषाढ १४, २०८३
  • आज प्रतिनिधि सभा बैठक बस्दै, महालेखा परीक्षकको प्रतिवेदन पेस गरिने

    आज प्रतिनिधि सभा बैठक बस्दै, महालेखा परीक्षकको प्रतिवेदन पेस गरिने

    काठमाडौँ– आज (आइतबार) बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्दै छ। बैठक सिंहदरबारमा बस्ने भएको हो।

    आज बस्ने बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।

    प्रधानमन्त्री बालेन शाहको तर्फबाट विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले ‘महालेखा परीक्षकको विसट्टिऔं वार्षिक प्रतिवेदन, २०८३’ पेस गर्ने कार्यसूची रहेको छ ।

    यस्ते, प्रधानमन्त्रीको तर्फबाट मन्त्री पुनले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ।