Chaitanyakhabar
काठमाडौँ– फिफा विश्वकप २०२६ अन्तर्गत को खेलमा पोर्चुगल र कोलम्बिया गोलरहित बराबरीमा सकिएको छ।
समूह ‘के’को यो खेलको निर्धारित समयमा समेत दुवै टोलीले गोल गर्न सकेका छैनन्। दुवै टोली ०–० मा समेटिएका छन्।
अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्ष जोउ जियायीबीच दोहामा भेटवार्ता, पुनर्निर्माणमा लगानी बढाउन आग्रह
सरुवा सच्याउने नाममा फेरि ‘आकर्षक ठाउँ’को दौड, जलस्रोतमा सीडीई सरुवाको मापदण्डमाथि प्रश्न
निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित
अविरल वर्षाले देशभरका सडक अस्तव्यस्त, मुख्य राजमार्गदेखि ग्रामीण सडकसम्म अवरुद्ध
काठमाडौँ– एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुगेका अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र बैंककी अध्यक्ष जोउ जियायीबीच भेटवार्ता भएको छ। कतारको राजधानी दोहामा भएको उक्त भेटमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालमा एआईआईबीको लगानी विस्तार, प्राकृतिक विपद्पछिको पुनर्निर्माण तथा सहुलियतपूर्ण वित्तीय पहुँच विस्तार गर्न बैंककी अध्यक्ष जोउ जियायीलाई आग्रह गरे।…
काठमाडौँ– कर्मचारी सरुवा सामान्य प्रशासनिक प्रक्रिया हो। तर सरुवामा समान मापदण्ड नदेखिँदा त्यही निर्णय कर्मचारीका लागि अवसर, असन्तुष्टि र पहुँचको विषय बन्न पुग्छ। अहिले जलस्रोत तथा सिँचाइ क्षेत्रका सिनियर डिभिजनल इन्जिनियर (सीडीई) तहका कर्मचारीको सरुवा तथा पदस्थापनले यस्तै प्रश्न जन्माएको छ। पछिल्लो सरुवा सूची सार्वजनिक भएसँगै आधा दर्जनभन्दा बढी सीडीईको पदस्थापन र जिम्मेवारीलाई लिएर मन्त्रालय…
हुम्ला– निरन्तर वर्षा एवं हिमपातले जनजीवन प्रभावित भएको छ। जिल्ला सदरमुकाम सिमकोटसहित अधिकांश क्षेत्रमा फोन तथा इन्टरनेट सेवा अवरुद्ध समेत भएको छ। अग्ला स्थानमा रहेका टेलिफोन तथा इन्टरनेट टावरमा जडान गरिएका सोलार प्रणालीले काम नगरेपछि सञ्चार सेवा प्रभावित भएको छ। सञ्चार सेवा अवरुद्ध हुँदा स्थानीय तह, सुरक्षा निकाय तथा अन्य सम्बन्धित कार्यालयसँग समन्वय गरी क्षतिको…
काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार, काठमाडौँ उपत्यकामा सोमबार बिहानैदेखि हुस्सु लाग्नुका साथै मौसम आंशिकदेखि साधारणतया बदली हुने सम्भावना रहेको छ। दिउँसो र साँझको समयमा भने हल्कादेखि मध्यम वर्षा हुनसक्ने छ। पूर्वानुमान महाशाखा अनुसार आज उपत्यकामा खण्डित ९एकै स्थानमा फरक–फरक प्रकृतिको० वर्षा हुने सम्भावना छ। यसको अर्थ उपत्यकाका सबै स्थानमा एकनासको पानी…
काठमाडौँ– आज (सोमबार) एकै दिन संघीय संसद्का दुवै सदनको बैठक बस्ने भएको छ। जसअनुसार, प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची तय भएको छ। यसैगरी, महिला, बालबालिका लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले ‘महिला…
काठमाडौँ– आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ३० पैसा र बिक्रीदर १७४ रुपैयाँ ९८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ…