काठमाडौं– फिफा विश्वकप २०२६ अन्तर्गत जोर्डनसँगको खेलमा ६० औं मिनेटमा मैदान छिरेका अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले गोल प्रहार गरेका छन्।
खेलको ८० औं मिनेटमा मेस्सीले फ्री किकमार्फत गोल प्रहार गरेका हुन्। डी बक्स भन्दा बाहिर जोर्डनका अमिर जामोसले मेस्सीलाई ढलाउँदा रेफ्रीले फउल दिएका थिए। त्यसैमा मेस्सीले प्रहार गरेको लामो फ्री किकले जाली चुमेको हो।
यो जारी विश्वकपमा मेस्सीको छैटौं गोल हो। यसअघि उनले अल्जेरियासँग ह्याट्रिक र अस्ट्रियासँगको खेलमा दुई गोल प्रहार गरेका थिए। यो गोलसँगै मेस्सीको विश्वकपमा रेकर्ड १९ गोल पुगेको छ।
मेस्सीको यो गोलसँगै जारी खेलमा अर्जेन्टिना ३–१ले अगाडि छ।