चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 58 of 1108
  • 2026-10-08
  • 12:26:32
  • बिहिबार,आश्विन २२, २०८३

About Author

रसुवा बाढीः अमेरिकाबाट ४० टनभन्दा बढी राहत सामग्री नेपाल आइपुग्यो

काठमाडौँ– रसुवामा बाढीबाट प्रभावित परिवारलाई लक्षित गरी संयुक्त राज्य अमेरिकाबाट पठाइएको आपतकालीन राहत सामग्री नेपाल आइपुगेको छ। अमेरिकी संस्था सामारिटान्स पर्सले उपलब्ध गराएको ४० टनभन्दा बढी सामग्री काठमाडौँ ल्याइएको हो। प्राप्त राहत सामग्री स्थानीय तहमा बाढी प्रभावित क्षेत्रमा कार्यरत साझेदार संस्थामार्फत करिब २ हजार ६ सय परिवारसम्म पुर्‍याउने व्यवस्था गरिएको जनाइएको छ। सामग्रीमा खानेपानी शुद्धीकरणका लागि पानी फिल्टर, त्रिपाल, कम्बल, सरसफाइसम्बन्धी किट तथा सौर्य बत्ती रहेका छन्। नेपालमा विपद्बाट प्रभावित समुदायको तत्कालीन आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले सहायता सामग्री उपलब्ध गराइएको हो। अमेरिकी दूतावासले नेपालको आवश्यकताअनुसार जीवन रक्षक सहायता परिचालनका लागि नेपाल सरकार तथा सम्बन्धित साझेदार संस्थासँग समन्वय जारी रहेको जनाएको छ।

News by रसुवा बाढीः अमेरिकाबाट ४० टनभन्दा बढी राहत सामग्री नेपाल आइपुग्यो :