चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 877 of 1153
  • 2026-11-22
  • 15:58:45
  • आइतबार,मंसिर ०७, २०८३

About Author

बजेट बन्दै गर्दा अर्थमन्त्रीले फेरि गरे सहसचिवको सरुवा

काठमाडौं -  अर्थमन्त्रालयले सहसचिव हेरफेर गरेको छ । प्रशासन महाशाखा प्रमुख लक्ष्मी निरौलालाई महालेखा नियन्त्रकको कार्यालयमा पठाएर सो ठाउँमा आनन्द काफ्लेलाई ल्याइएको छ । काफ्ले यस अघि योजना अनुगमन तथा मुल्यांकन शाखामा थिए । अर्थमन्त्रालयमा ४ जना सहसचिव जगेडामा थिए । निरौलालाई बाहिर पठाएसँगै अब ३ जना सहसचिव जगेडामा रहनेछन् । अर्थमन्त्रालयले बजेट बनाइरहेकै बेला सहसचिवहरु चलाइरहेको छ । बजेट आउन अब करिब एक महिना समय छ । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट ल्याइसक्नुपर्ने व्यवस्था छ । हिजो मात्र अर्थमन्त्री डा. प्रकाशशरण महतले आिर्थक सल्लाहकारमा ३ जनाको विज्ञ समुहलाई नियुक्ति गरेका थिए ।

News by बजेट बन्दै गर्दा अर्थमन्त्रीले फेरि गरे सहसचिवको सरुवा :