कुशलको कीर्तिमानी शतकमा नेपालद्वारा ओमानलाई ३११ रनको विशाल लक्ष्य - Chaitanya News
  • 2026-06-05
  • 19:42:44
  • शुक्रबार,जेठ २२, २०८३
  • कुशलको कीर्तिमानी शतकमा नेपालद्वारा ओमानलाई ३११ रनको विशाल लक्ष्य

    कुशलको कीर्तिमानी शतकमा नेपालद्वारा ओमानलाई ३११ रनको विशाल लक्ष्य

    काठमाडौं- एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा घरेलु टिम नेपालले ओमानलाई जितको लागि ३११ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर ३१० रन बनाएको हो।

    नेपालका लागि कुशल मल्लले ५९ बलमा ९ चौका र ९ छक्काको सहयोगमा शतक प्रहार गरे।

    सोमपाल कामीले ४८ बलमा ६३ रनको अविजित अर्धशतकीय ईनिङ खेले। सोमपाल कामीले ४९ बलमा ७ चौकाको सहयोगमा अर्धशतक बनाए।

    १० टिम रहेको एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा रहेको छ। नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब रहेका छन्।