चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 521 of 1153
  • 2026-11-23
  • 09:30:02
  • सोमबार,मंसिर ०८, २०८३

About Author

लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

1. साफ U-20 च्याम्पियनसिप २०२४ अनुसार कुन भनाई गलत छ ? A)सबैभन्दा धेरै गोलकर्ता मिराजुल स्लाम हुन् । B) उक्त खेलको विजेता बंगलादेश हो । C) सहभागी राष्ट्र भारत, नेपाल, बंगलादेश, माल्दिभ्स, श्रीलंका र भूटान हुन् । D) प्रतियोगिता सञ्चालन मिति सन् २०२४ अगष्ट ८ देखि १६ सम्म 2. तलका कथनहरु अध्ययन गर्नुहोस् । १. २०८० फागुनसम्म रेडियो नेपालको प्रसारण पहुँच ९३ प्रतिशत रहेको छ । २. २०८० फागुनसम्म डिजिटल टेलिभिजनको पहुँच ७२ प्रतिशत घरधुरीमा पुगेको छ । ३. २०८० फागुनसम्म जम्मा ७८४४ पत्रपत्रिका दर्ता भएका थिए । ४. कतार एयरवेज र सिङ्गापूर एयरलाईन्ससँग २८ देशमा अन्तर्राष्ट्रिय डाँक ढुवानीको लागि सम्झौता भई ढुवानी कार्य भईरहेको छ । माथिका कथनहरु कुन चाहि बेठिक रहेको छ ? A. १ मात्र                 B. २ मात्र                   C. ३ मात्र                       D. ४ मात्र 3. १६ औ योजनाको अन्त्यसम्म आर्थिक वर्ष २०८५/८६ मा जलवायु उत्तरदायी बजेट कति प्रतिशत पू¥याउने लक्ष्य रहेको छ ? A) 20%                B) 30%                      C) 10%                        D) 6% 4. संयुक्त राष्ट्र संघ (United Nation oraanization ) को लोगोको डिजाईनर को हुन् ? A) Milton Glaser                 B) Oliver Lincoln Mclaugjlin C) Paul Rand                        D) Frank Mason Rabinson 5. गणितको एबल पुरस्कार (Abel Prize -2024)कसलाई प्रदान गरिएको थियो ? A)Yimin xiao          B) Luis Caffarelli        C) Michel Talagrand         D) Gustarechoque 6. तलका मध्ये कुन जोडा सही छ ? संविधानको नाम              मस्यौदाको अध्यक्ष A. नेपालको संविधान - बाबुराम भट्टराई B. नेपाल अधिराज्यको संविधान, २०४७ - विश्वनाथ उपाध्याय C. नेपालको संविधान, २०१९ - भगवती प्रसाद सिंह D. नेपालको अन्तरिम शासन विधान, २००७ - धिताल 7. राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व सम्बन्धी विषय कार्यान्वयन भए वा नभएको विषयमा कुन अदालतमा प्रश्न उठाउन सकिने व्यवस्था छ ? A. सर्वोच्च अदालत      B. संवैधानिक ईजलास   C. उच्च अदालत     D. माथिका कुनै पनि होईन 8. “ पूँजा गर्ने हातभन्दा कर्म गर्ने हात महान हुन्छ ” यो चर्चित भनाई कस्को हो ? A. महर्षि वेदव्यास            B. जोन मिल्टन        C. नीति वचन           D. सत्यसाई बाबा 9. तलका मध्ये कुन भौगोलिक तथ्य सही छ ? A. मनास्लु हिमशिखर गणेश हिमशृंखलाअन्र्तगत पर्दछ । B. अपि शिमशिखर जुगल हिमशृंखलाअन्र्तगत पर्दछ । C. भृकूटी हिमशिखर दामोदर हिमशृंखलाअन्तर्गत पर्दछ । D. मकालु हिमशिखर अन्नपूर्ण हिमशृंखलाअन्र्तगत पर्दछ । 10. गन्धर्वहरुको मूख्य तिन गीतमा तलका मध्ये कुन पर्दैन ? A. कर्खा                          B. मालरी                 C. असारे                        D. झ्याउरे 11. बारा जिल्लाको वरियापूरमा मनाईने ‘गढीमाई’ मेला कति वर्षको अन्तरमा लाग्दछ ? A. २                                 B. ३                       C. ४                               D. ५ 12. सप्तकोशीको नदीको सबैभन्दा सानो सहायक नदी कुन हो ? A. तमोर                          B. ईन्द्रावती                C. लिखु                     D. दुधकोशी 13. वैकुण्ठ एक्सप्रेस नाटक कुन नाटककारको कृति हो ? A. बालकृष्ण सम             B. मोहनराज शर्मा      C. सरुभक्त                  D. विजय मल्ल 14. दुल्लु राज्यका संस्थापक कसलाई मानिन्छ ? A. उदय वर्मा                   B. जगती वर्मा             C. मलप वर्मा               D. सुमेरु वमी 15. स्थलीय पारिस्थितिक प्रणाली (Land Ecosystem) मा तलका मध्ये कुन प्राथमिक उपभोक्ता (Primary Consumer) हो ? A. वोट विरुवा                  B. बाघ                       C. मृग                          D. गिद्ध 16. नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रवद्र्धन गर्न आयोजना बैंक (Project Bank) स्थापना गर्न कार्य कुन निकायबाट हुने गरेको छ ? A. अर्थमन्त्रालय                            B. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय C. राष्ट्रिय योजना आयोग               D. लगानी बोर्ड 17. बैशाली नाँच कुन जातिले नाच्ने नाँच हो ? A. कुसुण्डा                      B. राउटे                       C. वनकरिया                    D. लेप्चा 18. कुकुर सम्बन्धी अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ? A) Synology                   B) Cynology            C) Sinology                   D) Dogology 19. समावेशीकरणको समस्या तलका मध्ये कुन होईन ? A. जाति, वर्ग, लिङ्गवीच विविधता                           B. राज्यका स्रोत साधनमा पहुँच नहुनु C. प्रशासनिक संरचनामा प्रतिनिधित्व नहुनु             D. नकारात्मक सामाजिक मुल्य मान्यता कायम रहनु 20. बहादुर शाहले जम्मा कति वर्ष देशमा मुख्तियारी सम्हाले ? A. 6 वर्ष                         B. 8 वर्ष                        C. 9 वर्ष                         D. 10 वर्ष उत्तरः 1. A 11. D 2. C 12. C 3. A 13. B 4. B 14. C 5. C 15. C 6. B 16. C 7. D 17. B 8. D 18. B 9. A 19. D 10. D 20. D

(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला। Chaitanya Academy Nepal New Baneshwor, Shankhamool, Kathmandu Contact No. 01-4792427, 9851246100, 9851146100

News by लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) :