काठमाडौँ– संघीय निजामती सेवा विधेयकमाथिको दफावार छलफल सकिएको छ ।
प्रतिनिधि सभाबाट पारित भएको विधेयकमाथि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा दफावार छलफल सुरु भएको थियो । विधेयकमाथिको दफावार छलफल सकिएसँगै समितिका सभापति तुलसाकुमारी दाहालले अब आइतबार दिउसो २ बजे प्रतिवेदनमाथि छलफल गर्ने गरी बैठक स्थगित भएको बैठकमा जानकारी गराइन्।
कतिपय दफा तथा उपदफामा टुंगो लाग्न बाँकी रहेको भए पनि प्रतिवेदनलाई अन्तिम रूप दिने समयमा टुंगो लगाइने उनले बताइन्।