1. राष्ट्रिय जनगणना,2078 अनुसार कति जनसंख्याले मैथली बोल्ने गर्दछन ?
A) 11.06% B) 11.07% C) 11.05% D) 11.08%
2.नेपालमा कार्यकारिणी अधिकार कसमा निहित रहने व्यवस्था छ ?
A. मन्त्रिपरिषद् B. प्रधानमन्त्री C. राष्ट्रपति D.संघिय संसद
3.SDG को Goal Number 13 मा के रहेको छ ?
A) Good Health Wellbeing B) Affordable Clean Energy
C) Life on Land D) Climate Action
4. नेपालको सबैभन्दा दक्षिणी बिन्दु लोदावारी कुन जिल्लामा पर्दछ ?
A. झापा B.मोरङ C.रुपन्देही D.कञ्चनपुर
5.प्रसिद्ध पुस्तक ”Forget Kathmandu” का लेखक को हुन ?
A.सम्राट पोखरेल B.मन्जुश्री थापा C.यादवकान्त सिलवाल D.टोनी हेगन
6.हैजा विरुद्ध दिईने भ्याक्सिनलाई के भनिन्छ ?
A.टी.टी B.कलेरा भ्याक्सिन C.मिजल्स भ्याक्सिन D. डी.पी.टी
7.मध्य मस्र्याङ्दी जलविद्युत आयोजना कुन देशको सहयोगमा निर्माण भएको हो ?
A. भारत B. जर्मनी C.फ्रान्स D. जापान
8.विशाल जीव डाईनोसरु हरुको उत्पति र लोप कुन कालमा भएको हो ?
A.नवजीव महाकल्प B.पुराजीव महाकल्प
C.प्रिक्याम्ब्रियन महाकल्प D.मध्यजीव महाकल्प
9.औद्योगिक क्रान्तिको सुरुवात कुन देशबाट भएको थियो ?
A.फ्रान्स B.रुस C.जर्मनी D.बेलायत
10.तलका भनाईहरु बारे विचार गर्नुहोस् ।
i.सबैभन्दा पछि नामाकरण गर्ने कान्छो प्रदेश कोशी प्रदेश हो ।
ii.कोशी प्रदेशको राजधानी वि.सं. २०७६ बैशाख २३ मा विराटनगर घोषणा गरिएको छ ।
iii.कोशी प्रदेशको नामाकरण वि.सं. २०७९ फागुन १९ मा भएको हो ।
माथि दिइएका मध्ये कुन भनाई सहि छ ।
a.i मात्र सहि छ B.i,iiर iii सबै सहि
C.सबै गलत D.I र ii मात्र सहि
11.War of Falklands कुन दुई देशहरु बीच भएको थियो ?
A.संयुक्त राज्य अमेरिकामा र ब्राजिल B.ईग्ल्याण्ड र फ्रेन्च
C.जापान र कोरिया D.ईग्ल्याण्ड र अर्जेन्टिना
12.भक्तपुरको नवदुर्गा नाँच र बोडेको महालक्ष्मी नाँचको चलन चलाउने राजा को हुन ?
A.जगत प्रकाश मल्ल B.सुवर्ण मल्ल C.तेजनरसिंह मल्ल D.रणजीत मल्ल
13.अशोक स्तम्भमा अंकित लिपि कुन हो ?
A.रञ्जना लिपि B.देवनागरी लिपि C.ब्राह्मी लिपि D.सिरीजंघा
14.निम्न भनाईहरु मध्ये कुन गलत छ ?
A.पेरिस शान्ति सम्मेलन र भर्सेलिज सन्धि १९१९ जुन २८ मा अन्त्य भएको थियो ।
B.भर्सेलिज सन्धिमा १५ भाग ४३९ धारा रहेका थिए ।
C.प्रथम विश्वयुद्धमा भिक्टोरिया क्रस पाउने नेपालीहरु कुलवीर थापा र कर्णबहादुर थापा हुन ।
D.संयुक्त राज्य अमेरिकाद्धारा जर्मनी विरुद्ध युद्धको घोषणा १९१७ अप्रिल १० मा भएको हो ।
15.”The Wizard Menlo park”नामले चिनिने वैज्ञानिक निम्न मध्ये को हुन ?
A.लुई पाश्चर B.थोमस अल्बा एडिसन
C.चाल्र्स डार्बिन D.म्याडम क्युरी
16.नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएको १८३ औ राष्ट्र किरीबाटी मा नेपालबाट हस्ताक्षर गर्ने व्यक्ति को हुन ?
A.लोक बहादुर थापा B.अमृतबहादुर राई
C.चित्रबहादुर के.सी D.वसन्तकुमार नेम्वाङ
17.कोपा अमेरिका २०२४ को विजेता राष्ट्र कुन हो ?
A.अर्जेन्टिना B.क्यानडा C.कोलम्बिया D.अमेरिका
18.संयुक्त राष्ट्रसंघले सन् २०४० सम्म प्लाष्टिकजन्य प्रदुषण कति पु¥याउने अनुमान गरेको छ ?
A. ५० प्रतिशत B.६० प्रतिशत C.७० प्रतिशत D.८० प्रतिशत
19.विश्वव्यापी लैंगिक अन्तराल सुंचकांक,2024 मा नेपाल कति औ स्थानमा रहेको थियो ?
A. १४२ औ B.११७ औ C.११० औ D.९४ औ
20.आर्थिक सर्वेक्षण २०८१ र ८२ अनुसार आर्थिक वृद्धिदर कति रहेको छ ?
A.४.३८७ प्रतिशत B.४.६१ प्रतिशत C.१०.३ प्रतिशत D.३.८१ प्रतिशत
उत्तरः
1. C 11. D
2. A 12. B
3. D 13. C
4. A 14. D
5. B 15. B
6. B 16. A
7. B 17. A
8. D 18. D
9. D 19. B
10.D 20. B
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100