लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-05-24
  • 02:24:49
  • शनिबार,जेठ ०९, २०८३
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    1. साफ U-20 च्याम्पियनसिप २०२४ अनुसार कुन भनाई गलत छ ?
    A)सबैभन्दा धेरै गोलकर्ता मिराजुल स्लाम हुन् ।
    B) उक्त खेलको विजेता बंगलादेश हो ।
    C) सहभागी राष्ट्र भारत, नेपाल, बंगलादेश, माल्दिभ्स, श्रीलंका र भूटान हुन् ।
    D) प्रतियोगिता सञ्चालन मिति सन् २०२४ अगष्ट ८ देखि १६ सम्म

    2. तलका कथनहरु अध्ययन गर्नुहोस् ।
    १. २०८० फागुनसम्म रेडियो नेपालको प्रसारण पहुँच ९३ प्रतिशत रहेको छ ।
    २. २०८० फागुनसम्म डिजिटल टेलिभिजनको पहुँच ७२ प्रतिशत घरधुरीमा पुगेको छ ।
    ३. २०८० फागुनसम्म जम्मा ७८४४ पत्रपत्रिका दर्ता भएका थिए ।
    ४. कतार एयरवेज र सिङ्गापूर एयरलाईन्ससँग २८ देशमा अन्तर्राष्ट्रिय डाँक ढुवानीको लागि सम्झौता भई ढुवानी कार्य भईरहेको छ ।
    माथिका कथनहरु कुन चाहि बेठिक रहेको छ ?
    A. १ मात्र                 B. २ मात्र                   C. ३ मात्र                       D. ४ मात्र

    3. १६ औ योजनाको अन्त्यसम्म आर्थिक वर्ष २०८५/८६ मा जलवायु उत्तरदायी बजेट कति प्रतिशत पू¥याउने लक्ष्य रहेको छ ?
    A) 20%                B) 30%                      C) 10%                        D) 6%

    4. संयुक्त राष्ट्र संघ (United Nation oraanization ) को लोगोको डिजाईनर को हुन् ?
    A) Milton Glaser                 B) Oliver Lincoln Mclaugjlin
    C) Paul Rand                        D) Frank Mason Rabinson

    5. गणितको एबल पुरस्कार (Abel Prize -2024)कसलाई प्रदान गरिएको थियो ?
    A)Yimin xiao          B) Luis Caffarelli        C) Michel Talagrand         D) Gustarechoque

    6. तलका मध्ये कुन जोडा सही छ ?
    संविधानको नाम              मस्यौदाको अध्यक्ष
    A. नेपालको संविधान – बाबुराम भट्टराई
    B. नेपाल अधिराज्यको संविधान, २०४७ – विश्वनाथ उपाध्याय
    C. नेपालको संविधान, २०१९ – भगवती प्रसाद सिंह
    D. नेपालको अन्तरिम शासन विधान, २००७ – धिताल

    7. राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व सम्बन्धी विषय कार्यान्वयन भए वा नभएको विषयमा कुन अदालतमा प्रश्न उठाउन सकिने व्यवस्था छ ?
    A. सर्वोच्च अदालत      B. संवैधानिक ईजलास   C. उच्च अदालत     D. माथिका कुनै पनि होईन

    8. “ पूँजा गर्ने हातभन्दा कर्म गर्ने हात महान हुन्छ ” यो चर्चित भनाई कस्को हो ?
    A. महर्षि वेदव्यास            B. जोन मिल्टन        C. नीति वचन           D. सत्यसाई बाबा

    9. तलका मध्ये कुन भौगोलिक तथ्य सही छ ?
    A. मनास्लु हिमशिखर गणेश हिमशृंखलाअन्र्तगत पर्दछ ।

    B. अपि शिमशिखर जुगल हिमशृंखलाअन्र्तगत पर्दछ ।
    C. भृकूटी हिमशिखर दामोदर हिमशृंखलाअन्तर्गत पर्दछ ।

    D. मकालु हिमशिखर अन्नपूर्ण हिमशृंखलाअन्र्तगत पर्दछ ।

    10. गन्धर्वहरुको मूख्य तिन गीतमा तलका मध्ये कुन पर्दैन ?
    A. कर्खा                          B. मालरी                 C. असारे                        D. झ्याउरे

    11. बारा जिल्लाको वरियापूरमा मनाईने ‘गढीमाई’ मेला कति वर्षको अन्तरमा लाग्दछ ?
    A. २                                 B. ३                       C. ४                               D. ५

    12. सप्तकोशीको नदीको सबैभन्दा सानो सहायक नदी कुन हो ?
    A. तमोर                          B. ईन्द्रावती                C. लिखु                     D. दुधकोशी

    13. वैकुण्ठ एक्सप्रेस नाटक कुन नाटककारको कृति हो ?
    A. बालकृष्ण सम             B. मोहनराज शर्मा      C. सरुभक्त                  D. विजय मल्ल

    14. दुल्लु राज्यका संस्थापक कसलाई मानिन्छ ?
    A. उदय वर्मा                   B. जगती वर्मा             C. मलप वर्मा               D. सुमेरु वमी

    15. स्थलीय पारिस्थितिक प्रणाली (Land Ecosystem) मा तलका मध्ये कुन प्राथमिक उपभोक्ता (Primary Consumer) हो ?
    A. वोट विरुवा                  B. बाघ                       C. मृग                          D. गिद्ध

    16. नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रवद्र्धन गर्न आयोजना बैंक (Project Bank) स्थापना गर्न कार्य कुन निकायबाट हुने गरेको छ ?
    A. अर्थमन्त्रालय                            B. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
    C. राष्ट्रिय योजना आयोग               D. लगानी बोर्ड

    17. बैशाली नाँच कुन जातिले नाच्ने नाँच हो ?
    A. कुसुण्डा                      B. राउटे                       C. वनकरिया                    D. लेप्चा

    18. कुकुर सम्बन्धी अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?
    A) Synology                   B) Cynology            C) Sinology                   D) Dogology

    19. समावेशीकरणको समस्या तलका मध्ये कुन होईन ?
    A. जाति, वर्ग, लिङ्गवीच विविधता                           B. राज्यका स्रोत साधनमा पहुँच नहुनु
    C. प्रशासनिक संरचनामा प्रतिनिधित्व नहुनु             D. नकारात्मक सामाजिक मुल्य मान्यता कायम रहनु

    20. बहादुर शाहले जम्मा कति वर्ष देशमा मुख्तियारी सम्हाले ?
    A. 6 वर्ष                         B. 8 वर्ष                        C. 9 वर्ष                         D. 10 वर्ष

    उत्तरः

    1. A 11. D
    2. C 12. C
    3. A 13. B
    4. B 14. C
    5. C 15. C
    6. B 16. C
    7. D 17. B
    8. D 18. B
    9. A 19. D
    10. D 20. D

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100